प्रदेश १ मा ८ जना मन्त्री थप, यी हुन नवनियुक्त मन्त्रीहरु

<span class='c1'>प्रदेश  १ मा ८ जना</span> <span class='c2'>मन्त्री थप, यी हुन नवनियुक्त मन्त्रीहरु</span>

विराटनगर । दलीय भागबण्डा पुर्‍याउन मन्त्रालय विभाजन गरेको प्रदेश नं. १ सत्तारुढ गठबन्धनले आईतबार मन्त्रिपरिषद विस्तार कार्यलाई पुर्णता प्रदान गरेको छ ।

चौतर्फी आलोचना र विरोधका बाबजुद सत्ता गठबन्धनले आईतबार विभाजित मन्त्रालय अनुसार मन्त्रिपरिषद विस्तार गरेको हो । प्रदेश नं. १ सरकारको ६ सदस्यीय मन्त्रिमण्डल अब १४ सदस्यीयमा मन्त्रिमण्डलमा रुपान्तरण भएको छ । आईतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी बाँडफाँड सहित नवनियुक्त ८ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आईतबार नेपाली कांग्रेसबाट ३, नेकपा (एकीकृत समाजवादी) बाट ३ र माओवादी केन्द्रबाट २ जनाले शपथ ग्रहण गरेका हुन् । आईतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

प्रदेश नं. १ को मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा वन, वातावरण तथा भु–संरक्षण, झापाका ओमप्रकाश सरावगी भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र ताप्लेजुङका प्रतापप्रकाश हाङगाङले उद्योग, श्रम तथा रोजगार मन्त्रीको रुपमा शपथ गहण गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट मोरङका उपेन्द्र घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चार, खोटाङका राजन राईलाई सामाजिक विकास र इलामकी खिनु लङ्वा लिम्बूलाई संस्कृति तथा पर्यटन मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ । यसअघिका सामाजिक विकास मन्त्री जयराम यादव भने प्रदेश सरकारका स्वास्थ्य मन्त्री बनेका छन् ।

यस्तै पाँच दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट खोटाङका राम कुमार राई र झापाका झलक बहादुर मगरलाई मन्त्री बनाईएको छ । राई प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री भएका छन् भने मगर कृषि मन्त्री बनाईएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यथावत छन् । आन्तरिक मामिलाबाट सञ्चारलाई झिकेर त्यसको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) का उपेन्द्र प्रसाद घिमिरेलाई प्रदान गरिएको छ । जिम्मेवारी बाँडफाँड पश्चात सामाजिक विकास मन्त्री रहेका जयराम यादव स्वास्थ्य मन्त्री भएपछि भौतिक पूर्वाधार विकास मन्त्री रहेका हिमाल कार्कीलाई पनि सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ बिष्णुमाया तुम्बाहाम्फेको जिम्मेवारी भने हेरफेर गरिएको छैन् । तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नै छिन् ।

अब कायम भएका मन्त्री र उनीहरुको कार्यविभाजन

१. राजेन्द्र राई – मुख्यमन्त्री
२. इन्द्रबहादुर आङबो – आर्थिक मामिला तथा योजना मन्त्रालय
३. हिमाल कार्की – सडक पुर्वाधार तथा सहरी विकास मन्त्रालय
४. केदार कार्की – आन्तरिक मामिला तथा कानुन मन्त्रालय
५. जयराम यादव – स्वास्थ्य मन्त्रालय
६. राम कुमार राई – खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालय
७. राजन राई – सामाजिक विकास मन्त्रालय
८. खिनु लङ्वा लिम्बु – संस्कृति तथा पर्यटन मन्त्रालय
९. झलक बहादुर मगर – कृषि मन्त्रालय
१०. शेखरचन्द्र थापा – वन, वातावरण तथा भु–संरक्षण मन्त्रालय
११. ओम प्रकाश सारावगी – भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
१२. प्रताप प्रकाश हाङगाम – उद्योग, श्रम तथा रोजगार
१३. उपेन्द्र घिमिरे – यातायात व्यवस्था तथा सञ्चार
१४. बिष्णु तुम्बाहाम्फे – सामाजिक विकास मन्त्रालय (राज्यमन्त्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्