सिन्धुपाल्चो । मेलम्ची नगरपालिका वडा १० साधखोला बस्ने ६० वर्षीया मिन कुमारी खड्काको हत्या गरेको अभियोगमा ईन्द्रावती गाउँपालिका वडा ४ टाँकुरे तामाङटोल बस्ने ३२ वर्षीय कुमार तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मिन कुमारी र छिमेकी महिला सोही ठाउँ खहरे बगुवा दोभानस्थित सिचाईकुलो खोधखोला सार्वजनिक जंगलमा घाँस काट्न गएको अवस्थामा कुमारले दुवै महिलालाई मुख छाडेको विषयमा मिन कुमारीले किन मुख छाडेको भन्दा कुमारले एक्कासी लाठी र ढुङ्गाले टाउकोमा प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
घटना बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय मेलम्ची जनाएको छ ।
फोटो: साङ्केतिक