एम्सकलेजका ईश्वर चौलागाई भए प्रदेश प्रथम

<span class='c1'>एम्सकलेजका ईश्वर चौलागाई</span> <span class='c2'>भए प्रदेश प्रथम</span>

विराटनगर । विराटनगर-९मा अवस्थित एम्स कलेजले त्रिभुवन विश्वविद्यालयले हालै प्रकासित गरेको बिएचएम चौथो सेमेष्टरको परीक्षाफलमा देशकै उत्कृष्ट नतिजा ल्याएको छ ।

चौथो सेमेष्टरमा सम्मिलित भएका विद्यार्थीहरु सतप्रतिशत उत्तीर्ण भएका हुन् । कलेजमा अध्ययनरत ईश्वर चौलागाईले उक्त सेमेष्टरमा ३.८३ जिपिए ल्याएर प्रदेश प्रथम भएका हुन् । यस अघि एम्स कलेजमै अध्ययनरत विद्यार्थी प्रेक्षा पौडेल बिएचएम दोस्रो सेमेष्टरमा नेपाल चौथो तथा प्रदेश प्रथम भएकी थिईन् ।

कलेजले आज एक कार्यक्रम गरि सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सिएम बस्नेतले “एम्स कलेज सिप , सँस्कार र प्रविधि मैत्री कलेज रहेको बताए । विद्यार्थीहरुलाई गरिखाने बनाउने मात्र नभएर सार्वङ्गीण विकासकालागी कलेजले सबै थोकको व्यवस्था गरेको प्रमुख बस्नेतले बताए । भौतिक पूर्वाधार अब्बल हुनुका साथै सिकाई प्रभावकारी रहेको प्रमुख बस्नेतले बताए ।

कलेजका बिएचएम को-ओर्डिनेटर सुरेन्द्र मण्डलले आफुले लण्डनमा विद्यार्थीका रुपमा रहँदा सिकेका कुरा आफ्ना विद्यार्थीलाई सिकाउदै आएको र एम्सका विद्यार्थीहरु अन्य सामान्य विद्यार्थी भन्दा फरक हुने बताए । बिएचएमका विद्यार्थीलाई आवश्यक सम्पूर्ण पूर्वाधार उपलब्धभएको र रियल प्राक्टिकलको लागी ईन्डष्ट्रि नै स्थापना गरिदिएकोमा कलेज व्यवस्थापनलाई धन्यवाद ज्ञापन समेत को-ओर्डिनेटर मण्डलले गरे ।

कार्यक्रममा दोस्रो सेमेष्टरमा प्रदेश प्रथम तथा नेपाल चौथो भएकी छात्रा प्रेक्षा पौडेलले आफ्ना अग्रजले देखाएको बाटो पैल्याउने र यसले थप प्रेरणा मिलेको कुरा गर्दै शुभकामना व्यक्त गरिन् ।

प्रदेश प्रथम भएका विद्यार्थी ईश्वर चौलागाईले कलेजले दिएको सिकाई र शिक्षाको उच्च सम्मान गर्ने र यो प्रेरणा सदैव कायम गर्ने बताए ।

एम्समा त्रिविविबाट सम्बन्धन प्राप्त बिबिएस, बिएचएम र बिएस सिसि एस आई टि कार्यक्रमहरु सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्