राजघाटमा वडा भेला सुरु

<span class='c1'>राजघाटमा वडा</span> <span class='c2'>भेला सुरु</span>

विजय धिमाल
राजघाट २३ मंसिर
मोरङको राजघाटमा पुराना विकास निर्माणका कार्य पुरा गर्न र विकासका नयाँ कार्य योजना वनाउने उद्देश्यका साथ बुधवार देखि वडा भेला सुरु गरेको छ ।
बुधवार देखि वडा नम्बर १ बाट सुरु भएको वडा भेला पौष २ गते सम्पन्न् हुनेछ । राजघाट गाविसमा नौ वटा वडाहरु छन् । प्रत्येक वर्ष हुने वडा भेला गत वर्षको अधुरो विकासका कार्य पुरागर्ने र नयाँ विकासका कार्य वा योजनाहरु केके हुन भन्ने सवालमा सोही वडाका नागरीक विच छलफलगरी निर्णयहरु सर्वसम्मत द्वारापास गरिन्छ । नेपाल सरकारले गाविस र नगरपालिको विकास निर्माणका लागि एक मुस्ठ आउने रकम र सो रकम प्रत्येक वडालाई वडाको क्षेत्रफल हेरि बाँडफाड गर्ने गरिन्छ । यो वर्ष स्यानो वार्ड भनि १, ३, ४, ५, ८ र ९ लाई १ लाख दश हजार छुट्याइएको छ भने ठुलो वार्ड मानिने २, ६ र ७ लाइ १ लाख पैतिस हजार छुट्याइएको छ ।
यो रमकमा मात्र निर्भर भएर केहि हुनेवाला छैन वडाका लागि छुट्टेको रकमको बिस प्रतिशत स्थानियको लगानि अत्यन्तै जरुरि हुन्छ र यसमापनि गाउँ स्तर, जिल्ला स्तर र केन्द्र स्तर सम्मको विकास निर्माणका योजनाहरु हुन्छन तर यो भनेको गाउँ स्तर सम्मको हो । जिल्ला स्तर र केन्द्र स्तरको विकास निर्माणका योजनाहरु गाविस र स्थानियको पहलमा गनुपर्ने वडा भेलामा राजघाट गाविसका सचिव चन्द्र प्रसाद पराजुलीले बताए । थप्दै यहि रकम बाट आदिवासी जनजाति, महिला, दलित, बालबालीका लगायत अन्य कामहरु प्रत्यक्ष रुपमा फइदा हुने कार्यगर्नुपर्ने भेलामा प्रश्ट्याएका थिए ।
वडा भेलामा गाविस सचिव तथा कर्मचारी, वडा नागरिक मञ्च समिति, स्थानिय राजनिति दलका प्रतिनिधि, स्थानिय महिला संजाल, स्थानिय वाल संजाल लगायत समाजसेवि बुद्धीजिवीहरु र स्थानियको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्