मोटरसाइकल दुर्घटनामा एक इञ्जीनियरको मृत्यु

<span class='c1'>मोटरसाइकल दुर्घटनामा एक</span> <span class='c2'>इञ्जीनियरको मृत्यु</span>

पाल्पा । रम्भा गाउँपालिका–२ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इञ्जीनियर पदमा कार्यरत कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुने पूर्वी रुकुमको भूमे गापा–४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय रविन दमै छिनाल रहेको प्रहरीले जनाएको छ ।

रम्भा–१ हुँगीबाट ताहँुतर्फ आउने क्रममा लु६७प ४७८७ नंको मोटरसाइकल अनियन्त्रित भई सुरुडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । मोटरसाइकल २०० मिटर तल खस्दा छिनालको मृत्यु भएको थियो ।

त्यसैगरी रैनादेवी छहरा गाउँपालिका–२ आरीगैरामा लडेर पुरुषको मृत्यु भएको छ । मृत्यु हुने रैनादेवी छहरा–२ दिगका ५८ वर्षीय नरबहादुर राना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट २५० मिटर तल मृतावस्थामा रानाको शव भेटिएको थियो । रैनादेवीको तासिन्गलबाट सर्देवातर्फ जाने क्रममा दुर्घटनामा परेको स्थानीय बासिन्दाले बताएका छन् ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्