काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने

<span class='c1'>काँग्रेसको १६ जिल्लाको अधिवेशन</span> <span class='c2'>फागुन १३ गते हुने</span>

विराटनगर । सत्तारुढ दल नेपाली काँग्रेसको काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ वटा जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार बसेको कांग्रेसको निर्वाचन समितिको बैठकले जसमा मधेश प्रदेशका आठ र बाँकी रहेका अन्य आठ जिल्लाहरु छन् ।

यससँगै छिटफुट रुपमा बाँकी रहेका वडा, पालिका तहका अधिवेशन भने फागुन १० गतेभित्र गर्ने निर्णय भएको काँग्रेस सनर्विाचन सिमतिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनुभयो ।

‘फागुन १३ मा प्रथम चरणको निर्वाचन छ । प्रथम चरणमा सभापतिको ५० प्रतिशत प्लस मत क्रम हुन सकेन भने दोस्रो चरणको निर्वाचन फागुन १४ गते नै हुन्छ ।’ र फागुन १५ गतेसम्म महासमिति सदस्यको निर्वाचनसहित १४ औं महाधिवेशनबाट बाँकी रहेका अन्य अधिवेशन सम्पन्न हुने उहाँको भनाई छ ।

यस विषयमा काँग्रेसको शुक्रबार बसेको केन्द्य्रीय कार्यसम्पादन समितिलाई पनि जानकारी गराइएको उहाँले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्