रुपनी-राजविराज सडक खण्डमा बस दुर्घटनामा ५ जना घाइते

<span class='c1'>रुपनी-राजविराज सडक खण्डमा बस</span> <span class='c2'>दुर्घटनामा ५ जना घाइते</span>

सप्तरी, मंसिर २५

सप्तरी जिल्लाको रुपनी-राजविराज सडक खण्डमा बिहिबार राती बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

घाइतेहरुमा सप्तरी राजविराज नगरपालिका २ बस्ने ४५ वर्षिय हरि नारायण दास, सोही स्थान बस्ने २९ वर्षिय सरोज कुमार ठाकुर, सप्तरी जमुनीमध्येपुरा ५ बस्ने ४० वर्षिय छोटेलाल साह, ४५ वर्षिया अनादेवी साह र मकवानपुर जिल्ला निवासी ५० वर्षिया मरिमाया चौधरी रहेका छन्।

घाइतेमध्ये हरिनारायण दासको टाउकोमा चोट लागेकोले उनको अवस्था गम्भिर रहेको छ। चौधरीको धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अन्य सामान्य घाइतेहरुको सगरमाथा अंचल अस्पताल राजविराजमा उपचार भइरहेको छ।

राजविराजबाट रुपनीतर्फ आउदै गरेको ना. ४ ख ३८८८ नम्बरको बस राती ८ बजे बाक्लसो हुस्सुका कारण सडकबाट तल खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्