विराटनगर विमानस्थलमा गुण एयरको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण

<span class='c1'>विराटनगर विमानस्थलमा गुण एयरको विमानमा</span> <span class='c2'>चरा ठोकिएपछि आकस्मिक अवतरण</span>

विराटनगर । विराटनगर विमानस्थलमा गुण एयरको ७२४ नम्बरको विमानमा चरा ठोकिएको छ । विराटनगरबाट ‘टेक अफ’ गर्दै गरेको गुण एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको हो ।

विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले आइतबार साँझ साढे ६ बजे टेक अफ गर्ने बेलामा चरा ठोक्किएपछि विमानलाई होल्ड गरिएको छ । विमानमा क्षति भएको नभएको विषयमा भोलि इन्जिनियर आएर परीक्षणपछि मात्रै उडान भर्नेछ । यात्रुहरु सुरक्षित रहेका छन् । विमानमा ३० जना रहेको खरेलले जानकारी दिनुभयो । विराटनगरबाट गुण एयरको काठमाण्डौं नियमित दुई वटा उडान हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्