नोबेलमा भर्ना हुनुपर्ने १४ विद्यार्थीद्वारा चिकित्सा शिक्षा आयोगमा आत्मसमर्पण

<span class='c1'>नोबेलमा भर्ना हुनुपर्ने १४ विद्यार्थीद्वारा</span> <span class='c2'>चिकित्सा शिक्षा आयोगमा आत्मसमर्पण</span>

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरमा एमबीबीएस १५ औं ब्याजमा भर्ना हुनुपर्ने १४ जना विद्यार्थीले चिकित्सा शिक्षा आयोग समक्ष आत्मासमर्पणको घोषणा गरेका छन् ।

एमबीबीएस स्नातक तहमा कलेज प्रशासनले अतिरिक्त शुल्क बुझाउन दिएको दवाव र त्यसपछि भएको आन्दोलनले समेत निष्कर्ष निकाल्न नसकेपछि विद्यार्थीहरुले कलेज स्थानन्तरणको माग गर्दै चिकित्सा शिक्षा आयोगसँग गुहार मागेका हुन् । उनीहरुले दुई महिना भन्दा बढी चलेको आन्दोलनले निष्कर्ष नपाउँदा त्यसको मार विद्यार्थी र अभिभावकले खेप्नु परेको गुनासो गर्दै चिकित्सा शिक्षा आयोगलाई स्थान्तरणको सुविधा दिनुपर्ने माग गरेका हुन् । चिकित्सा शिक्षा आयोगले लिइएको एमबीबीएसको एकिकृत प्रवेश परीक्षामा योग्यता श्रेणीमा रहि नियमानुसार नोबेल मेडिकल कलेज भर्ना हुनुपर्ने विद्यार्थी पढाईबाट अहिलेसम्म बन्चित भएका छन् ।

चिकित्सा शिक्षा आयोगले २०७८ पुस ५ गते शिक्षण शुल्क ४४ लाख ३६ हजार २५ रुपिँया –उपत्यका बाहिर) निर्धारण गरेको थियो । आयोगले स्पष्ट रुपमा शिक्षण शुल्कको विषय खुलाएपनि नोबेल प्रशासनले अतिरिक्त शुल्क नबुझाएसम्म भर्ना नलिने र विद्यार्थीलाई र्यागिङ्गको शिकार बनाउने गरेको भन्दै जीवन रक्षाका लागि कलेज स्थान्तरण गरिनुपर्ने माग गरेका हुन् । उनीहरुले गत माघ १७ गतेनै आयोग समक्ष निवेदन चढाएका छन् ।

विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म जानकार रहेको विषयमा समेत विद्यार्थीले न्याय पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले प्रधानमन्त्री कार्यालयमा समेत निवेदन दिएपछि आफ्नो गुनासो सुनुवाई नभएको गुनासो गरेका छन् । कानुन र नियमसंगत रुपमा पढ्न पाउने अधिकारबाट बन्चित हुनु परेको भन्दै कक्षा सञ्चालन भएको दुई महिनासम्म पनि कक्षाकोठामा प्रवेश नपाएको दुखेसो पोखेका हुन् ।

अतिरिक्त शुल्क बिरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेका विद्यार्थीको जीवनरक्षा हुनुपर्ने माग विद्यार्थीहरुले गरेका छन् । उनीहरुले खतरामा रहेका विद्यार्थीको सुरक्षाका लागि तत्काल चिकित्सा शिक्षा आयोगले अन्य मेडिकल कलेजमा स्थान्तरण गरिदिनुपर्ने माग गरेका छन् । नोबेलमा पढ्दा जीवन सुरक्षित नभएको भन्दै उनीहरुले चिकित्सा शिक्षा आयोग समक्ष आत्मासमर्पण गरेको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्