विराटनगरस्थित अरनिको कलेजको पूर्व विद्यार्थीले गरे १० लाखको अक्षयकोष स्थापना

<span class='c1'>विराटनगरस्थित अरनिको कलेजको पूर्व विद्यार्थीले</span> <span class='c2'>गरे १० लाखको अक्षयकोष स्थापना</span>

विराटनगर । अरनिको कलेजका पूर्व विद्यार्थीले आफ्ना आमा बुवाको सम्मानमा छात्रवृत्ति पुरस्कारको स्थापना गरेका छन् ।

कलेजका पूर्व विद्यार्थी दिवस थापाले बुबा सुरेन्द्रकुमार थापा र आमा रीता थापाको सम्मानमा छात्रवृत्ति पुरस्कार स्थापना गरेका हुन् । अमेरिका बसोबास गर्ने ईन्जिनियर थापा विराटनगरका स्थानीय हुन् । उनी विराटनगरको अरनिको कलेजबाट प्लस टु सम्मको अध्ययन सम्पन्न गरेको विद्यार्थी समेत हुन् । अत्यन्त मेधावी छात्र दिवस हाल अमेरिकामा सेवा र व्यवसाय दुवै क्षेत्रमा संलग्न छन् । उनले स्थापना गरेको अक्षय कोषको रकम १० लाख रहेको छ । सो कोषबाट प्राप्त हुने ब्याजको रकमले कलेजले कक्षा ११ र १२ मा अध्ययन गर्ने १–१ जना छात्र र छात्रालाई छात्रवृत्ति प्रदान गर्ने प्रधानाध्यापक राजेश कार्कीले बताए ।

उनले अक्षयकोष स्थापनाका लागि धन्यवाद समेत ज्ञापन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्