मोटरसाइकललाई जोगाउनेक्रममा बस पल्टिंदा दुई घाइते

<span class='c1'>मोटरसाइकललाई जोगाउनेक्रममा बस</span> <span class='c2'>पल्टिंदा दुई घाइते</span>

धनकुटा, पौष ६

धनकुटा जिल्लाको भेडेटारमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

शुक्रबारेबाट धरानतर्फ आउदै गरेको ना. २ ख ५२४६ नम्बरको बस आइतबार अपरान्ह भेडेटार ४ कार्कीछाप स्थित कोशी राजमार्गमा मोटरसाइकललाई जोगाउन खोज्दा सडक छेउमा पल्टिएको थियो।

दुर्घटनामा बसका यात्री तेह्रथुम जिल्ला निवासी २७ वर्षिय कमल लिम्बु र सोही जिल्ला थुम गाविस ६ का ५५ वर्षिय कृष्ण प्रसाद भट्टराई घाइते भएका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको छ। उनीहरुको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

बसका चालकलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्