प्रदेश नं. १ को नामाकरणका निम्ति सर्वदलीय बैठक सुरु

<span class='c1'>प्रदेश नं. १ को नामाकरणका</span> <span class='c2'>निम्ति सर्वदलीय बैठक सुरु</span>

विराटनगर । प्रदेश नं. १ को नामाकरणका निम्ति प्रदेश सरकारले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण टुङ्ग्याउन मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य र विभिन्न राजनितिक दलका नेताहरुको सहभागिता छ ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश नामाकरणको सवालमा सबैलाई लचिलो भएर निर्णय गर्न आग्रह गरे । उनले आउँदो अधिवेशनबाटै नामाकरण टुङ्ग्याउन सबैको सहमति आवश्यक रहेको बताए ।

प्रदेशसभाको हिउँदे अधिवेशन भने फाल्गुण १५ गतेका लागि बोलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्