विराटनगर । सुविधासम्पन्न बाथरुम तथा किचेनका सामग्री बिक्री केन्द्र खुलेको छ । हाइलेक्स सेनिटरीले विराटनगरमा शाखा सञ्चालनमा ल्याएको हो ।
विराटनगर महानगरपालिका–४ पिपलचोकमा सञ्चालनमा आएको शाखाको सोमबार मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्घाटन गरेका थिए ।
हाइलेक्सका निर्देशक विश्वनाथ आचार्यले काठमाडौं लगायत विभिन्न स्थानमा बिक्री कक्ष रहेपनि प्रदेश १ को राजधानीमा भने पहिलो सुरुआत भएको जानकारी दिए । विराटनगरका आचार्यसंगै जितेश कोइराला, सुभाष भगतले संयुक्त रुपमा सञ्चालनमा ल्याएको शाखामा करिब ३ करोडको लगानी भएको बताइएको छ ।
हाल सञ्चालनमा आएको शाखामा १ सय रुपैयादेखि ५ लाखसम्मका बाथरुम र किचेनका सामग्री उपलब्ध छन् । बाथरुमका सामानहरु बेसिन, बाथटब, स्पा, ज्याकुजीसँगै किचेनतर्फ चिम्नी, ग्याँस हब, धारा, सिन्क स्टिम, वन पिस ट्वाईलेटका सामग्री आदि राखिएका छन् । भारतको गुजरातबाट सुरु भएको यस ब्राण्डको विभिन्न उत्पादन पछिल्लो समय चीनबाट हँुदै आएको बताइएको छ ।