घरको ताला फुटाई लाखौको चोरी

<span class='c1'>घरको ताला फुटाई</span> <span class='c2'>लाखौको चोरी</span>

झापा जिल्लाको बिर्तामोडस्थित एक घरमा गएराती लाखौको धनमाल चोरी भएको छ।

बिर्तामोड नगरपालिका ७ स्थित उप्रेसा आचार्यको घरबाट ६ लाख बराबरको धनमाल चोरी भएको छ।

आचार्यको घरमा कोही नभएको मौका छोपेर चोरीहरुले घरको ताला फुटाई घरभित्र प्रवेश गरी धनमाल चोरी लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनको घरबाट दश तोला सुन, सय तोला चाँदीका गहना, एक थान ल्यापटप र नगद २० हजार चोरी भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।

घटना बारे  बिहान ०६३० बजे इलाका प्रहरी कार्यलाय अनारमनिमा जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटिगई अनुसन्धान सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्