ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदाय

<span class='c1'>ग्याल्पो ल्होसार मनाउँदै</span> <span class='c2'>शेर्पा समुदाय</span>

विराटनगर । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै छन् ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाइने साँस्कृतिक पर्व शेर्पा समुदायले आज विविध कार्यक्रम गरी मनाउँदै छन् । आज नयाँ वर्षका रूपमा २१४९ औं ग्याल्पो ल्होसार मनाउँदै छन् । आज बराह वर्ष पूरा भइ मुसा वर्ष शुरु हुँदैछ । ग्याल्पोलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गरिन्छ ।

ग्याल्पो ल्होसार बौद्ध धर्मावलम्बीको पर्व हो । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्