विराटनगर । मोःमोको पारखीहरुका लागि विराटनगरमा शुक्रबारदेखि ‘सानदार मोःमो’ सञ्चालनमा आउने भएको छ ।
शुक्रबार विराटनगरस्थित कोशी अस्पताल अगाडि उक्त मोःमो हाउस सञ्चालनमा आउने भएको हो । काठमाण्डौंको २० वर्ष पुरानो फ्रेन्चाइजको आउटलेट पहिलो विराटनगर भित्रिन लागेको हो । विराटनगरकै अभिजित थापाले करिब ३० लाख रुपैयाँको लगानीमा मोःमो हाउस सञ्चालनमा ल्याउन लागेका हुन् ।
सानदार मो:मो हाउसमा मो:मो बेग्लै स्वादको अनुभव गर्न पाईने बताईएको छ ।