विराटनगर । मोरङ बुढीगंगा-३ स्थित प्रिमियर वायर्स अगाडिको सडकमा शंकास्पद अवस्थामा फेला परेको बम सेनाले निष्क्रिय पारेको छ ।
शंकास्पद अवस्थामा भेटिएको प्रेसर कुकर बम नै भएको पुष्टि पश्चात नेपाली सेनाले डिस्पोज गरेको हो । साँझको करिब साढे ५ बजे बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै घटनास्थलमा परिचालित प्रहरीको टोलीले अवस्था नियन्त्रणमा लिई बम निष्क्रिय बनाएको हो ।
यद्यपि, बम कसले राखेको हो भन्ने बिषय भने हालसम्म पुष्टि नभएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले हाल बम राख्ने व्यक्तिको खोजी कार्य तीव्र बनाएको छ ।