पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने

<span class='c1'>पाल्पामा व्यावसायिक सुन्तला खेती</span> <span class='c2'>गर्न ‘जोन’ सञ्चालन हुने</span>

पाल्पा । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ ।

सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले ५०० बढी हेक्टरमा व्यावसायिकरूपमा सुन्तला जातको खेती गर्ने योजना रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका कावा प्रमुख मीरा मरासिनीले व्यावसायिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । व्यावसायिकरूपमा यस क्षेत्र उपयुक्त रहेकाले सुन्तला खेतीप्रति आकर्षित हुन उहाँले आग्रह गर्नुभयो ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले व्यावसायिकरूपमा उत्पादित सुन्तलालाई प्रशोधन गरी बजार पठाउन सकिने बताउनुभयो । उपाध्यक्ष लक्ष्मी खनाल, सुन्तला जात तथा फलफूल विकास केन्द्रका प्रमुख वसन्त श्रेष्ठले व्यावसायिक सुन्तला खेतीको अवसर रहेकाले मेहेनत आवश्यक रहेको बताउनुभयो ।

सुन्तला जोन सञ्चालन समन्वय समिति गठन

यहाँका चार स्थानीय तहका सुन्तला जात फलफूल खेती गर्ने किसानको अगुवाइमा सुन्तला जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ । संयोजकमा रैनादेवी छहरा गाउँपालिका–४ का नित्यानन्द पोखरेलको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो ।

सदस्यहरूमा रैनादेवी छहरा–४ की जानका कोइराला, रैनादेवी–५ का विनोद कार्की, रिब्दीकोट गाउँपालिकाका कृष्णबहादुर कुँवर, लक्ष्मी थापा, दुर्गाबहादुर गोदार, तानसेनका कृष्णप्रसाद भण्डारी, शोभाखर बस्याल र बगनासकालीकी लक्ष्मी कोइराला रहेका परियोजना एकाइका खरिदार गौरव नेपालीले बताउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्