कावासोतीमा दुर्लभ एकसिंगे गैँडा मृत फेला ,चालु आर्थिक वर्षमा ३० गैडा मरे

<span class='c1'>कावासोतीमा दुर्लभ एकसिंगे गैँडा  मृत फेला</span> <span class='c2'>,चालु आर्थिक वर्षमा ३० गैडा मरे</span>

नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिंगे गैँडा मृतावस्थामा फेला परेको छ ।

कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैंडाबारे जानकारी पाइएको बताए ।

‘सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैंडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो’, तिवारीले भने, ‘त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्‍यो’, मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए ।

यो सँगै चालु आर्थिक वर्ष २०७८/७९ मा मा ३० वटा गैंडा मृत फेला परेका तिवारीले बताए। यस वर्ष हालसम्म मरेका गैंडामध्ये २८ गैंडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैंडा चोरी शिकारीका कारण मरेका तिवारीको भनाइ छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्