ईलाम, पौष १३
ईलाम जिल्लाको गोदकमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा पाँचथर फिदिन बस्ने ५० वर्षिया रेणुका अधिकारी, सोही स्थान बस्ने ५२ वर्षिय आनन्द अधिकारी र ६० वर्षिया नरिमाया चौहानको मृत्यु भएको हो।
त्यस्तै घाइतेहरुमा एम्बुलेन्सका चालक झापा सुरुङा ३ बस्ने ३६ वर्षिय ज्ञाननाथ प्रसाँई र बिरामीका आफन्त पाँचथर फिदिम १ बस्ने ४३ वर्षिय टिकाराम अधिकारी रहेका छन्। घाइतेहरुलाई उपचारकालागि झापा ल्याइएको छ।
बिरामी लिएर झापाबाट पाँचथरतर्फ जादै गरेको मे. १ च १७४७ नम्बरको एम्बुलेन्स आज बिहान ५ बजेतिर गोदक ४ स्थित घट्टा भन्ने स्थानमा सडकबाट अन्दाजी ३ सय पचास मिटर तल खसेर दुर्घटना भएको थियो।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटिगई उद्दार गरिएको छ।