विराटगरका प्रमोद स्वर्णकारलाई ठगि मुद्दामा सजाय

<span class='c1'>विराटगरका प्रमोद स्वर्णकारलाई</span> <span class='c2'>ठगि मुद्दामा सजाय</span>

विराटनगर । अष्ट्रेलियामा पठाएका विद्यार्थीलाई ठगी गरेको अभियोगमा डाइनामिक एजुकेशन कम्प्लेक्स प्रा.लि.का सञ्चालक विराटनगर–१३ (फैसलामा ९ नम्बर उल्लेख) निवासी प्रमोद स्वर्णकार (सोनी) लाई मोरङ जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

आकर्षक रोजगारी दिलाउने प्रलोभन देखाउँदै विराटनगर–३ का मनिस चौधरीसँग ३० लाख रुपिँया बुझाएर जाँदा त्यस्तो काम नपाएपछि पीडितका परिवारले स्वर्णकार विरुद्ध ठगी गरेको अभियोग लगाएका थिए । मनिसका बाबु कुलदिप चौधरीको जाहेरीले अभियोगको दावी पुग्ने भन्दै मोरङ जिल्ला अदालतका न्यायधीश मनोज केसीको इजलासले स्वर्णकार विरुद्ध एकवर्ष जेल सजाय र १५ हजार जरिवाना असुल गर्ने आदेश गरेको हो । अदालतले पीडित मनिस चौधरीलाई ठगी गरेको रकम वापत ३३ लाख रुपिँया बिगो भराउने आदेश समेत गरेको छ । स्वर्णकार विरुद्ध २०७७ असोज २८ गते अदालतमा मुद्दा दर्ता भएको थियो । यसको फैसला दुईदिन अगाडी आइतबार भएको हो ।

ठगी गरेको अभियोगमा मोरङ प्रहरीले पक्राउ गरेर सरकारी वकिलको कार्यालयमार्फत अभियोग दर्ता गरिएको थियो । तत्कालिन समयमाम २ लाख धरौटी आदेशमा छुटेका स्वर्णकार विरुद्ध जिल्ला अदालतमा १६ पटक पेशी चढेपछि फैसला भएको हो । फैसलामा एकवर्ष जेल सजाय, १५ हजार जरिवानासहित पीडितलाई ३३ लाख रुपैँया बिगो भराउन भनिएको छ ।

सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गर्दा गरेको माग दावी पुगेको ठहर भएको मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणले जानकारी दिनुभयो । जाहेरवालातर्फबाट सरकारी वकिलले दर्ता गरेको अभियोगको माग दावी पुगेको देखिएकोले उनी विरुद्ध अन्तिम फैसला गरिएसँगै पीडित परिवारले राहत पाउने आसा जागेको प्रतिक्रिया दिएका छन् । मनिसका बुबा कुलदिपले अन्तिम फैसलासँगै केहि राहत पाएको बताएका छन् ।

 

प्रमोदले नेपाली विद्यार्थीबाट अधिक शुल्क असुलेर अस्ट्रेलिया पठाउँदै आएका थिए । अस्ट्रेलिया इन्टिच्यूट अफ हाइयर एजुकेशनमा ब्याचलर अफ विजेशन इन्फमेशन सिस्टम विषयको अध्ययनका लागि भन्दै पठाइएका मसिनलाई त्यहाँ धेरै समस्या परेको थियो । प्रमोदले पढाईसँगै मासिक तीनलाख रुपैया आम्दानी हुने रोजगारीमा समेत लगाई दिने भन्दै पटक–पटक गरेर ३० लाख रुपिँया असुलेर पठाएपनि पढाईसँगै रोजगारीमा समेत समस्या बेहोर्नु परेको थियो ।

२०७५ फागुन १९ गते मनिसलाई अस्ट्रेलिया पठाइएको थियो । तर, त्यहाँ भने जस्तो काम र पढाई समेत संभव नभएपछि २०७६ कार्तिक १२ गते परिवारले फिर्ता ल्याएको थियो । अस्ट्रेलियामा बिजोग भएपछि घरबाटै पठाएको पैसाको भरमा बसेका मनिसलाई फिर्ता ल्याउनका लागि ३ लाख ५० हजार रुपिँया समेत खर्च भएको थियो ।

छोरालाई फिर्ता ल्याएसँगै कानुनी उपचारको प्रक्रिया सुरु गरेका कुलदिपले तत्कालिन समयमा गरिएको सम्भmौता, आर्थिक कारोबार लगायतका प्रमाण जुटाएपछि उनी विरुद्ध उजुरी गरेका थिए । छोरालाई अस्ट्रेलिया पठाउन र त्यहाँ बिजोग भएपछि जीवन जोगाउन तथा फिर्ता ल्याउँदासम्म बुबा कुलदिपले आफ्नो नाममा रहेको दश कठ्ठा जग्गा समेत बिक्री गर्नु परेको थियो । पीडित बनेका कुलदिपले प्रहरी, वैदेशिक रोजगार विभाग, सम्पति सुद्धिकरण, राजश्व अनुसन्धान लगायतमा समेत उनी विरुद्ध उजुरी दिएका थिए ।

जिल्ला अदालतको अन्तिम फैसला विरुद्ध स्वर्णकार उच्च अदालतमा पुनरावेनका लागि जाने बताएका छन् । उनले अदालतको फैसलाको सम्मान गर्दै उच्च अदालतमा पुरावेदन गर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्