विराटनगरको नोबेल विरुद्ध आन्दोलित दशजना विद्यार्थीको माग सम्बोधन

<span class='c1'>विराटनगरको नोबेल विरुद्ध आन्दोलित</span> <span class='c2'>दशजना विद्यार्थीको माग सम्बोधन</span>

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल विरुद्ध आन्दोलनमा रहेका थप दशजना विद्यार्थीको माग सम्बोधन गरिएको छ । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क माग गरेपछि कलेज प्रशासन विरुद्ध आन्दोलनमा रहेका दशजना विद्यार्थी पढाईमा फर्कन सहमत भएका हुन् ।

कलेजका प्राचार्य डा.रामहरी घिमिरे र आन्दोलनरत दशजना विद्यार्थीबीच कलेजका सल्लाहाकार केपी शर्माको उपस्थितिमा आज सहमति भएको हो । सहमति अनुसार कलेजले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क नलिने भएको छ ।
एमबीबीएसको १५ औं ब्याचमा भर्ना प्रक्रिया पूरा गरेपनि विभिन्न कारणले चार महिनादेखि पढाई छुटेका विद्यार्थीलाई छुट्टै कक्षा सञ्चालन गरेर अध्यापन गराउने कलेज प्रशासनले सहमति जनाएको छ । आगामी चैत ७ गतेदेखि कलेज प्रशासनले १० जना विद्यार्थीका लागि छुट्टै कक्षा सञ्चालन गर्ने भएको छ । सोहि अवधीको प्राक्टिकल कक्षाका लागि हरेक शनिबार कक्षा सञ्चालन गरिने भएको छ । तर, विद्यार्थीले कलेज प्रशासनले उपलब्ध गराएको कक्षामा नियमित उपस्थिति जनाउनु पर्ने दायित्व हुने सम्झौतामा उल्लेख गरिएको छ ।

विद्यार्थीको पहिलो सेमेस्टरको कक्षा सकेपछि मात्रै पहिलो समेस्टरको छुट्टै परीक्षामा सामेल हुने अवसर प्रदान गर्ने समेत सहमति गरिएको छ । यसैगरी यसपछि दुवै पक्षले सौहार्द वातावरणमा अध्ययन अध्यापन गराउने प्रतिवद्धता जाहेर गरिएको छ । विद्यार्थीहरु अमृत रिजाल, सदिक्षा आचार्य, सदिक्षा चापागाँई, दिपेश पौडेल, श्रद्धा मैनाली, अभिषेक मावो, राजन शाह, प्रशेस जोशी, मनोज न्यौपाने र तमुन्ना कार्कीसँग कलेज प्रशासनले लिखित सम्झौतामा हस्ताक्षर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्