अभियुक्त शाहविरुद्ध तेस्रो पटक म्याद थप

<span class='c1'>अभियुक्त शाहविरुद्ध तेस्रो</span> <span class='c2'>पटक म्याद थप</span>

तनहुँ । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ। शाहविरुद्ध शुक्रबार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो।

शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। शाहविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो। नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो। नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ।

सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ। यस्तै अनुसन्धानका लागि पक्राउ परेका शाहका व्यवस्थापक कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्