होलीका दिन ट्राफिक नियम उल्लङ्गघन गर्ने ४१३ सवारीसाधन प्रहरी नियन्त्रणमा

<span class='c1'>होलीका दिन ट्राफिक नियम उल्लङ्गघन</span> <span class='c2'>गर्ने ४१३ सवारीसाधन प्रहरी नियन्त्रणमा</span>

विराटनगर । शुक्रबार होलीका दिन ट्राफिक नियम उल्लङ्गघन गर्ने ४ सय १३ वटा सवारीसाधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन गरी कुदाईएका सवारीसाधनहरु आवश्यक कारबाहीका निम्ति प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मापसे गरि सञ्चालन भएका ४०७ वटा मोटरसाईकल, २ वटा कार, ४ वटा सिटी सफारी र १ ट्रकलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । प्रहरी नियन्त्रणमा रहेका सवारीसाधन आवश्यक कारबाहीपछि मात्र धनीलाई फिर्ता गरिने उनले जानकारी दिए ।

मोरङ प्रहरीले भने तराई क्षेत्रमा हर्षोल्लासका मनाइने होली पर्वलाई लक्षित गर्दै आज शुक्रबारका लागि विशेष सुरक्षा रणनीति तयार पारेको थियो । प्रहरीले विराटनगर क्षेत्रभित्र २७ र नगरक्षेत्र बाहिर मोरङ जिल्लाभरि ६८ ठाउँमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरेको थियो । प्रहरीले सुरक्षित र मर्यादित होली मनाउन आम जिल्लाबासीलाई आग्रह समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्