सुतेकै अवस्थामा एक ब्यक्ति मृत फेला

<span class='c1'>सुतेकै अवस्थामा एक</span> <span class='c2'>ब्यक्ति मृत फेला</span>

बिराटनगर पुस २२

पाँचथर फिदिम ५ का एक अर्धवैसै ब्यक्ति सुतेकै अवस्थामा आज विहान मृत फेला परेका छन् । फिदिम ५ बेलबोटे तमोर नदीको किनारमा वालुवा तथा गिटीको काम गर्ने मजदुर ४३ वर्षिय मान बहादुर थेगिम मृत अवस्थामा फेला परेका हुन् । मंगलबार वेलुका खाना खाएर सुतेका थेगिम विहान परिवारका सदस्यले मृत अवस्थामा फेला पारेका थिए । उनको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पोष्टमाटम केहि समय पछि हुने प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्