मेरिल्याण्ड कलेजमा विविएस प्रथम वर्षका नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम

<span class='c1'>मेरिल्याण्ड कलेजमा विविएस प्रथम वर्षका</span> <span class='c2'>नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम</span>

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले आइतबार एक कार्यक्रमका बिच नयाँ शैक्षिक सत्र २०७८मा भर्ना भएका विविएस प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुलाई माला र खादा ओढाएर सम्मान र स्वागत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक विराटनगर शाखाका प्रमुख व्यस्थापक श्रीमती मिना पाण्डेले मेरिल्याण्ड कलेजले समाजमा पु¥याएको योगदानको प्रशंसा र नयाँ विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गर्नुभएको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले विद्यार्थीहरुको लक्ष्य प्राप्ती र वृति विकासकालागि कलेजले कुनै कसुर बाँकी नराख्ने कुरा बताएका थिए । कार्यक्रम कलेजका अध्यक्ष गुणराज ढुङ्गेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कलेजका उपाध्यक्ष प्रा.डा. पि.के.झा, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेल, डाइरेक्टरहरु डा. मनोज गुप्ता, नन्दकिशोर अग्रवाल, प्रदीप भगत लगायत विविएस् तह अध्यापन गराउने शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जनकपुरबाट पढ्न आएकी छात्रा इसीता शाहले मेरिल्याण्डको नाम सुनेर यहाँ पढ्न आएको बताईन् । व्यवस्थापन शिक्षामा आफूलाई अब्बल साबित गर्न सफल मेरिल्याण्डले विविएस् तर्फ पनि उत्कृष्ट परिणाम दिन सफल भएको छ ।

हालसालै विविएस् तेश्रो वर्षको परिक्षामा मेरिल्याण्डकी छात्रा सिम्रन अग्रवालले सर्वाधिक ८२.२ प्रतिशत अंक प्राप्त गरि नेपाल पथम भएकी थिइन् । त्यस्तै २०७४ सालमा रोहित कार्कीले विविएस् चौथो वर्षमा सर्वाधिक ८४.३ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएका थिए । त्यस्तै २०६७ सालमा विविएस् तहमा किन्जल पोख्रेलले सर्वाधिक अंक प्राप्त गर्दै त्रिभुवन विश्वविद्यालय टप गरि तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्