उर्लाबारी,पुस २४ गते ।
मोरङको बयरबन ८ रमाइलो स्थित दिवाकर कोइरालाको घरमा भण्डारण गरी राखिएको सिलिण्डर ग्यास बिहीबार राति १० वजे विष्फोट भएको छ । विष्फोटपछि आगलागी समेत भएको थियो । आगलागीबाट एकतले पक्की घर पूर्णरुपमा ध्वस्त भएको छ।
विष्फोटमा परी ३५ वर्षीय नवीन पौडेल गम्भीर घाइते भएका छन् । घर धनी ५५ वर्षीया भद्रकला कोइराला पनि घाइते भएकी छन । उनीहरूको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव निरीक्षक डिकराज प्रसाईले बताउनु भयो ।उहाँका अनुसार घाइते पौडेलको अवस्था चिन्ता जनक रहेको छ भने कोइराला खतरा मुक्तछिन् ।विष्फाटबाट लगभग २५ लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ।