लक्ष्मी बैंकको रेमिट्यान्सको प्राप्तिसँगै कर्जा सुविधाका बारेमा घर दैलो कार्यक्रम

<span class='c1'>लक्ष्मी बैंकको रेमिट्यान्सको प्राप्तिसँगै कर्जा</span> <span class='c2'>सुविधाका बारेमा घर दैलो कार्यक्रम</span>

उर्लाबारी । लक्ष्मी बैंक उर्लाबारी शाखाले रेमिट्यान्सको प्राप्तिसँगै कर्जा सुविधाका बारेमा घर दैलो कार्यक्रम गरेको छ ।

शनिबार उर्लाबारी वडा नं. १ मा घरदैलो कार्यक्रम गरेको हो । केही महिनाअघि मात्र उर्लाबारीमा शाखा कार्यालय स्थापना भएको सो बैंकले सहज रुपमा सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको बैंकका उर्लाबारी शाखा प्रमुख युवराज कोइरालाले जानकारी दिनुभयो । घरदैलोमा पुगेका बैंकका कर्मचारीहरुले खातासमेत निःशुल्क रुपमा खोलिदिएका छन् । हालसम्म उर्लाबारी शाखामा १ हजार भन्दा बढीे खाता खोलिसकेको प्रमुख कोइरालाको भनाई छ । बैंकले सहज रुपमा सेवाग्राहीहरुलाई सेवा दिन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

बैंकले निरन्तर रुपमा घरदैलो कार्यक्रम गरेर रेमिट्यान्सको प्राप्तिसँगै कर्जा सुविधा बारेमा जानकारी गराउने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्