उर्लाबारी नगरपालिका वडा नम्बर ८ ले सुगुरको पाठा वितरण

<span class='c1'>उर्लाबारी नगरपालिका वडा नम्बर ८</span> <span class='c2'>ले सुगुरको पाठा वितरण</span>

उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नम्बर ८ले सुगुरको पाठा वितरण गरेको छ ।

शनिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका ३१ जना एकल महिला र विपन्न परिवारका सदस्यहरुलाई सुगुरको पाठा बितरण गरेको हो । कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले आर्थिक रूपले बिपन्न र एकल महिलाहरूको जिविकोपार्जन लागि पाठा बितरण गरिएको बताउनु भएको छ । उहाँले वडाले बिगत ४ बर्ष देखि बितरण गर्दै आएको कार्यलाई निरन्तरता दिदै यस आर्थिक बर्षमा पनि डिउरो, ल्याण्ड ड्रेसजको र हेमसायर क्रस जातको सुँगुरको पाठा बितरण गरिएको वडा अध्यक्ष कुलबहादुर कार्कीले बताउनु भएको छ । बितरण गरिएको पाठाको समय समयमा अनुगमन गरिने, मृत्यु भएमा वडा कार्यालयमा जानकारी गराउन वडा अध्यक्ष कार्कीले आग्रह गर्नु भएको छ । कार्यक्रममा पाठासगै जुकाको अौषधी र लिवर ट्रनिक समेत बितरण गरिएको छ । कार्यक्रममा पशुपन्छी सेवा शाखाको सहजिकरण गरेको छ ।

वडा अध्यक्ष कुलबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा पशुपन्छी सेवा शाखा प्राविधिक बिष्णु भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्