फिदिममा आज बाट कृषि तथा औद्योगिक मेला प्रर्दशनी

<span class='c1'>फिदिममा आज बाट कृषि</span> <span class='c2'>तथा औद्योगिक मेला प्रर्दशनी</span>

पाँचथर,२६ पौष – कृषकले उत्पादन गरेको कृषिजन्य उत्पादनलाई प्रर्वद्दन गर्ने उदेश्यले पाँचथरको फिदिममा आज बाट कृषि तथा औद्योगिक मेला प्रर्दशनी ०७२ शुरु भएको छ । आर्थिक विकाशको मूल आधार,कृषि,पर्यटन उद्योग र ब्यापार भन्ने मूलनाराका साथ ३ दिन सम्म संचालन हुने मेलामा कृषि,जडिबुटी,घरेलुजन्य गरी २४ वटा स्टलहरु राखिएका छन् ।
जिल्ला कृषि विकाश कार्यालय,उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग विकाश समितीको कार्यालयले संयुक्त रुपमा संचालन गरेको प्रर्दशनीमा ५ सय ५५ वाली र १९ घरेलु जन्य आइटमहरु दर्ता भएको कृषि विकाश कार्यालय पाँचथरका प्राविधिक नरहरी निरौलाले जानकारी दिनुभयो ।
मेलामा २ हजार वढि दर्शकले दृश्वालोकन गर्ने आयोजकको अपेक्षा छ । कृषकलहरुलाई कृषि पेशामा आकर्षित गर्दे कृषि,जडिबुटी,तथा घरेलुजन्य उत्पादनमा वृद्दि गर्दे आर्थिक विकाशमा टेवा पुरयाउने उदेश्यले मेलाको आयोजना गरिएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरका प्रमुख वेनु प्रसाइले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्