बेलबारीमा सडक सचेतना कार्यक्रम सम्पन्न

<span class='c1'>बेलबारीमा सडक सचेतना</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

बिराटनगर पुस २६ , मोरंगको बेलबारीमा बेलबारी जेसिसको आयोजनामा सनिबार सडक सचेतना कार्यक्रम सम्पन्न भएको छ  । उक्त कार्यक्रममा "मदिरा सेवन गरी सवारी नचलाऔँ,ओभरटेक नगरौ,ट्राफिक नियम पालना गरौ,सडक सफा गरौ लगायतका दर्जनौ नाराहरु लेखिएका प्ले कार्ड बोकेर युवाहरु सडकमा बसेका थिए । belbari jycess

 

केही साता अघि मात्र बेलबारीमा पहिलो चोटी गठन भएको बेलबारी जेसिजले सडकमा जेब्रा क्रस बनाउने देखि लिएर ट्राफिक नियम पालना नगर्ने चालकलाई सचेतना फैलाउनका लागी यो कार्यक्रम पहिलोचोटी नै आयोजना गरेको थियो । बेलबारी नगरपालिका भित्र पर्ने राजमार्गको ६ ठाँउमा जेब्राक्रस बनाउने अभियानका साथ कार्यक्रम शुरु गरिएको बेलबारी जेसिजका अध्यक्ष माधबराज थापाले जानकारी दिए । उनका अनुसार ६ वटा जेब्रा क्रस निर्माणका लागी ५० हजार खर्च हुनेछ । सोही खर्च बेलबारी जेसिजका यातायात ब्यबस्था संयोजक बिकास श्रेष्ठ र बेलबारी जेसिजले आधा आधा रकम बेहोर्ने थापाले बताए । नेपाल जेसिजका केन्द्रिय उपाध्यक्ष डिल्ली ढकालले सडकमा रंग सहितको ब्रस पोतेर कार्यक्रमको उदघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्