ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु ३ जना घाईते

<span class='c1'>ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा १</span> <span class='c2'>जनाको मृत्यु ३ जना घाईते</span>

विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बामा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका-८ बस्ने २८ बर्षीय रुपेश राई रहेका छन् । शनिबार बेलुका करिब ६ बजे सोहि स्थानको भित्री सडक खण्डमा दाउरा लिएर दक्षिणतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्रयाक्टर अनियन्त्रीत भई सडकबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमानै राईको मृत्यु भएको हो भने ३ जना जिल्ला अस्पताल ताप्लेजुङमा उपचारार्थ छन् । घटनाबारे जानकारी पाएलगतै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घाईतेलाई उद्दार गरी जिल्ला अस्पताल पुर्याएको थियो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्