विराटनगरमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर’ हुँदै विश्वका ४ देशका १५ विश्व विद्यालयका प्रतिनिधी आउने

<span class='c1'>विराटनगरमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर’ हुँदै विश्वका</span> <span class='c2'>४ देशका १५ विश्व विद्यालयका प्रतिनिधी आउने</span>

विराटनगर । विराटनगर-९ मेनरोडमा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिजसेजले विराटनगरमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२ ’ गर्ने भएको छ ।

एक्सपर्ट एजुकेश विराटनगर शाखाले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी एकजुकेशन फेयर हुने जानकारी गराएको हो ।
विराटनगर २ स्थित हेरीसन प्यालेसमा मंगलबार एक दिने वृहक शैक्षिक मेला हुने जनाएको छ । एकजुकेशन फेयरमा अष्टे«लिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको सहभागि रहने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज विराटनगरका निर्देशक अनुभव दाहालले जानकारी दिनुभयो ।


एक दिने शैक्षिक मेलामा विभिन्न देशका १५ वटा विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष रूपमा सहभागि हुने समेत दाहालले बताउनुभयो ।
‘विद्यार्थीहरूको लागि यो शैक्षिक मेला बहुउपयोगी हुनेछ,’ एक्सपर्ट एजुकेशनका कार्यकारी दिर्नेशक कमल तिम्सिनाले पत्रकार सम्मेदनमा जानकारी दिनुभयो । शैक्षिक मेलामा विद्यार्थीहरूले विभिन्न देशको विश्वविद्यालयका प्रतिनिधीहरूसँग प्रत्यक्ष रूपमा त्यहाँको विश्विद्यालयको बारेमा जानकारी पाउनेछन् । त्यसैले यो शैक्षिक मेला परामर्शको लागि बहुउपयोगी हुने तिम्सिनाले बताउनुभयो ।

नेपालका प्रमुख शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौँडा यस्ता शैक्षिक मेला गरेपछि विराटनगरमा गर्न लागेको निर्देशक दाहालले बताउनुभयो । विराटनगरमा भएपछि चैत १६ र १८ गते विर्तामोड र काठमाण्डौँमा पनि शैक्षिक मेला हुनेछ । शैक्षिक मेलामा राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्वेसेडर पारश खड्कासंग सम्वाद गर्न सक्ने व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।

नेपालका प्रमुख १६ शहरहरूमा विश्वका १३ देशका ४५ भन्दा बढी शहरहरुमा एक्सपर्ट एजुकेशसन शाखाहरु संचालनमा रहेको छ । एक्सपर्ट एजुकेशले विदेशमा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारीक र विश्वसनिय परामर्श प्रदान गर्दै आएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्