बेलबारीमा चाँदीका गरगहना लुटपाट आरोपमा चारजना पक्राउ

<span class='c1'>बेलबारीमा चाँदीका गरगहना लुटपाट</span> <span class='c2'>आरोपमा चारजना पक्राउ</span>

विराटनगर । मोरङको बेलबारी नगरपालिका-४ बेतना सिमसार क्षेत्रमा गत चैत ८ गते चाँदीको गरगहना लुटपाट गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा झापाको दमक-३ का २५ वर्षीय सबिन बिश्वकर्मा, महोत्तरी बर्दिबास-१ का ३४ वर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका-६ उदयपुरका २४ वर्षीय बिशाल बिक र इटहरी-५ का २४ वर्षीय बादल बिकलाई पक्राउ गरेको हो । दमकस्थित पाथीभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारीले बर्दिबास लैजादै गरेको १३ केजी चाँदीका गरगहना यो समूहले बेतना क्षेत्रमा लुटपाट गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलिले लुटपाटमा संलग्न रहेको यो समूहको खोजतलास गरि पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्