पृथ्वी नारायण शाहलाई बिर्सिनु आफ्नो बुवा बिर्सिनु सरह

<span class='c1'>पृथ्वी नारायण शाहलाई बिर्सिनु</span> <span class='c2'>आफ्नो बुवा बिर्सिनु सरह</span>

विजय धिमाल
राजघाट २७ पौष
मोरङको राजघाट दुर्गापुरी स्थित राजघाट गाउँ कमिटि राप्रपा नेपालको आयोजनामा २९४ औँ पृथ्वी जन्मजयन्ति मानाइएको छ ।
माहा पुरुष वा राष्ट्रिय निमार्णकर्तालाई विर्सनु हुन्न भन्ने सम्झना स्वरुप मनाउनुपर्छ भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उस्थित विभिन्न पार्टी, संघसंथा, बुद्धिजिवि समाजसेवि व्यक्तिहरुले पृथ्वी नारायण शाहका हरेक कुराहरु प्रति व्यख्या गर्दै मनन् गर्नुपर्ने भनाइहरु व्यक्त गरेका थिए । उपस्थित अतिथिहरु बाट एकात्मक ढंगले संविधान निमार्ण, कसैलाइ काँखा कसैलाइ पखा, पृथ्वी जयन्ति राष्ट्र स्तर बाटै मनाउनु पर्ने, देशमा गणतन्त्र आयो भन्दैमा राष्ट्र निर्मातालाई विर्सनु नहुने, दुई ढुङगाको तरुल स्यानो देश भन्छौ तर संसारकै ठुलो देश नेपाल बाहेक कुनै देश नरहेको जस्ता भनाईहरु रहेको थियो ।
भन्ने गर्दछन राप्रपा नेपाल राजावादी पार्टी हो भनेर भन्ने सबैमा रहेको छ तर राजावादी पार्टी नरहेको प्रमुख अतिथि राप्रपा नेपाल मोरङ क्षेत्र नम्बर १ का अध्यक्ष विनोद पोख्रेल प्रष्ट पारेका थिए । थप्दै इतिहास र राष्ट्रिय निर्माण कर्ताहरुलाई हामी नेपालीले विर्सनु हुन्न भनेर स्मरण मात्र गर्न खोजीएको उनको भनाई थियो । नेपालमा रहेको विभिन्न राजनिति पार्टीहरुले पहिले देखी अहिले सम्म ढाट्दै आएको आरोप समेत लगाएका थिए । अब हामी नेपाली ढाँटीनु हुन्न सत्यलाई सत्य गलत लाई गलग भन्न सक्नु पर्ने र पृथ्वी नारायण शहालाई जसले बिर्षन्छ त्यसले आफ्नो बाउ समेत बिर्सने कुरा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राप्रपा नेपाल मोरङ क्षेत्र नम्बर १ का अध्यक्ष साथै किसान संगठन केन्द्रीय उपमहासचिव विनोद पोख्रेल विशिष्ठ अतिथिहरुमा समाजसेवि बलराम गौतम, राप्रपा नेपाल क्षेत्र नम्बर ९ का सभापति होमनाथ गौतम, राजघाट गाविस सचिव चन्द्र प्रसाद पराजुली त्यस्तै अतिथिहरुमा राजघाटका बिभिन्न पार्टीका प्रमुख, बुद्धिजिवि समाजसेवि, संघसंस्थाका प्रमुख रहेका थिए भने राप्रपा नेपाल राजघाट गाउँ कमिटी अध्यक्ष भरत थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्