अनेरास्ववियुको मोरङ अध्यक्षमा घिमिरे

<span class='c1'>अनेरास्ववियुको मोरङ</span> <span class='c2'>अध्यक्षमा घिमिरे</span>

विराटनगर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङको अध्यक्षमा तुलसी घिमिरे निर्वाचित हुनु भएको छ । पार्टी कार्यालय पाञ्चाली विराटनगरमा बसेको जिल्ला कमिटीको पहिलो पूर्ण बैठकले २३ औं जिल्ला अध्यक्षमा घिमिरेलाई चयन गरेको हो ।

जिल्ला कमिटीको उपाध्यक्षमा रुपेश खड्का र हेमन सुब्बा, सचिवमा वीरेन्द्र घिमिरे, सहसचिवमा अनिशा गिरी, संगम कन्दङ्वा, नविन पहाडी र सागर थापा र कोषाध्यक्षमा सरु गुरागाईं निर्वाचित हुनु भएको छ । पहिलो पूर्ण बैठकले ४५ सदस्यीय जिल्ला कमिटी चयन गरेको नवनिर्वाचित अध्ययक्ष घिमिरेले बताउनुभयो ।

अनेरास्ववियुको जिल्ला अधिवेशन गत पुस १६ र १७ गते विराटनगरमा सम्पन्न भएको थियो । अधिवेशनले ४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको थियो । जिल्ला कमिटी निर्वाचित भएपनि कार्यविभाजन गरिएको थिएन । पहिलो पूर्ण बैठकले कार्यविभाजन गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्