इटहरीमा मोटरसाइकल चोरीका घटना बढ्यो

<span class='c1'>इटहरीमा मोटरसाइकल चोरीका</span> <span class='c2'>घटना बढ्यो</span>

बिराटनगर पुस २८

इटहरीमा पछिल्लो केही समय मोटरसाइकल चोरीका घटना बढन थालेका छन । प्रहरीले इटहरी सुरक्षीत भएको दाबी गर्दै आएपनि श्रृंखलाबद्ध रुपमा मोटरसाइकल चोरीका घटना भने बढन थालेको छ । इलाका प्रहरी कार्यालय इटहरीले सेफ फर इटहरीको अभियान संञ्चालन गर्दै आएपनि बिगतमा सुरक्षीत शहर भनेर मानिने अब असुरक्षीत बन्दै गएको छ । पछिल्लो समयको एक हप्ता भित्र ६ वटा मोटरसाइकल चोरी भएपछि इटहरीमा चोरीका घटना बढ्न थालेको हो । घरमा राखिएका मोटरसाइकल रातको समयमा गेट र सटर फोडेर चोरी हुने कार्य अझै पनि जारी छ । लगातार आफ्नो घरबाट मोटरसाइकल चोरी हुन थालेपछि स्थानीयवासीहरू चिन्तित बनिन पूगेका छन भने प्रहरीले चोरीका घटनामा संलग्न कसैलाइ पक्राउ गर्न नसक्दा समस्या थप जटील बन्दै गएको छ ।
०००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्