किराँत सभ्यतालाई ओझेलमा पार्न कोसी सभ्यताको चर्चा : मुख्यमन्त्री राई

<span class='c1'>किराँत सभ्यतालाई ओझेलमा पार्न कोसी</span> <span class='c2'>सभ्यताको चर्चा : मुख्यमन्त्री राई</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण विषयमा कोसी सभ्यताको विषय तर्कसंगत नभएको बताउनु भएको । प्रदेशको नामाकरणको बहस भईरहेको बेला किरात सभ्यतालाई ओझेलमा पार्न कोसी सभ्यताको कुरा उठाउनु जायज नहुने मुख्यमन्त्री राईको भनाई थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानले शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय बृहद् वाङ्मय सङ्गोष्ठीमा कोसी सभ्यताको थालनी कसरी भयो भन्ने कुनै लिखीत नभएको मुख्यमन्त्री राईको भनाई थियो । कोसी सभ्यता कहाँनेर जोडिन्छ, मुख्यमन्त्री राईले भन्नुभयो पानीका लागि नदीको छेउमा मानवको बसोबास भएर सभ्यताको विकास भएको भए नदी छेउमा कही घना बस्ती भएको प्रमाण छैन ।

सभ्यता नदी र पानीले नभइ मानिसले बनाउने बताउँदै मुख्यमन्त्री राईले किराँत सभ्यता अनुसन्धानबाट प्रमाणित भएको बताउनुभयो । राज्यको गल्ती र विभेदले कुनै पनि भाषा र संस्कृति हराउने र लोप हुन दिनु नहुने बताउँदै मुख्यमन्त्री राईले कुनै भाषा र संस्कृतिलाई काखा र कुनैलाई पाखा लगाउन हुँदैन । दुई दिने सङ्गोष्ठीका ६ वटा सत्रमा प्रदेश १ मा बोलिने मातृभाषाको अवस्था, कोसी प्रस्रवण क्षेत्रका सांस्कृतिक सम्पदा, मैथिली जीवन दर्शन, नेपाली समालोचनाको स्थिति नेपालको इतिहासको परिप्रेक्ष्यमा प्रदेश १ को वैशिष्ट्य र किरात जनजीवन र लोकसाहित्य विषयमा कार्यपत्र प्रस्तुत हुने र त्यसमाथि छलफल हुने आयोजकले बताएको छ ।

पहिलो दिनको गोष्ठीको अन्त्यमा गजल सन्ध्या र दोस्रो दिनको गोष्ठीको अन्त्यमा प्रदेश विशेष कवि गोष्ठी हुने प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्