भारतले पठायो पेट्रोलियम पर्दाथको नयाँ मूल्यसुची : पेट्रोलको मूल्य घटयो, ग्यासको मूल्य बढ्यो

<span class='c1'>भारतले पठायो पेट्रोलियम पर्दाथको नयाँ मूल्यसुची :</span> <span class='c2'>पेट्रोलको मूल्य घटयो, ग्यासको मूल्य बढ्यो</span>

विराटनगर । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ ।

अप्रिल १ तारिख अर्थात् चैत १८ गते आईओसीले नयाँ मूल्यसुची पठाएको हो । पठाएको नयाँ मूल्यसूची अनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य रुपमा घटेको छ । नयाँ मूल्यसुची अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले सो बारे जानकारी गराएको छ । निगमद्धारा जारी विज्ञप्तिमा डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको उल्लेख गरिएको छ । यस्तै मट्टीतेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ ।

लगातार बढिरहेको डिजेल र पेट्रोलको मूल्यवृद्धि रोकिएपनि खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिण्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार अब नेपाल आयल निगमलाई हालको बिक्री मूल्य अनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्