म्यादी प्रहरीमा जागिर खान विराटनगरको शहिद रङ्गशालामा जनसागर (फोटो फिचर )

<span class='c1'>म्यादी प्रहरीमा जागिर खान विराटनगरको शहिद</span> <span class='c2'>रङ्गशालामा जनसागर (फोटो फिचर )</span>

प्रेम देवान
विराटनगर । बैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा मोरङका लागि आवश्यक म्यादी प्रहरी छनौटका निम्त्ति लिखित दिन आएका युवाहरुले जमातले शहिद रङ्गशालामा अन्य दिन भन्दा फरक किसिमको दृष्य देखिएको थियो ।


स्थानीय तहको निर्वाचन अन्र्तगत मोरङ जिल्लाका लागि आवश्यक म्यादी प्रहरी छनौट गर्न शनिबार बिहान लिखित परीक्षा दिन आउनेहरुको भीडले रङ्गशालाको खेलमैदान भरीभाउ थियो । शनिबार ८ बजेदेखी मैदान भित्र परीक्षा दिन प्रवेश गरेकालाई झन्डै २ घन्टा बढी लागेको थियो । ६ बजे सुरु गर्ने भनिएको परीक्षा ११ बजेको थियो ।


शारिरीक स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया पुरा गरेपछि १० हजार १९४ जना मध्येबाट छनौट भई आएका कुल ६ हजार ३ सय ६९ जना हाल परीक्षामा सहभागी भएका थिए । २०७९ सालको निर्वाचनका निम्त्ति मोरङमा आवश्यक म्यादी प्रहरीहरुको स्वीकृत दरबन्दी ३ हजार १ सय २४ जनाको रहेको छ । तर मोरङ जिल्लामा दरबन्दी भन्दा तेब्बर अर्थात् १० हजार १९४ जनाले म्यादीका लागि आवेदन दिएका थिए । आवेदकहरुको चरणबद्ध परीक्षा पश्चात छनौट भई आएकाहरुको शनिबार परीक्षा सकिएको छ ।


ठाँउ साह्रै सानो भएको कारण परीक्षा गराउन समस्या भएको म्यादी प्रहरी छनौट समितिका संयोजक मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो । ६ हजार ३६९ जनालाई परीक्षा गराउने ठाँउ नपुगेर प्याराफिटमा समेत राखेर परीक्षार्थीहरुलाई परीक्षा दिनुपर्ने अवस्था रह्यो । उहाँका अनुसार १०० पुर्णाकको परीक्षामा ४० अंक प्राप्त गरेपछि पास हुने र आज र भोलीमा नै परीक्षाको परीक्षाफल प्रकाशित हुनेछ ।


म्यादी प्रहरीका लागि छनौटमा परेकाहरुलाई चैत्र २८ गतदेखि १० दिने प्रशिक्षण प्रदान गरिने र छनौटमा परेकाहरु मध्येबाट २० प्रतिशतलाई वैकल्पिकमा राख्ने तयारी समेत रहेको मोरङका प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताएका छन् ।

तस्वीर ः प्रेम देवान ÷आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्