लोडसेडिङको समयमा पनि दुर्गापुरी झलमल्ल

<span class='c1'>लोडसेडिङको समयमा पनि</span> <span class='c2'>दुर्गापुरी झलमल्ल</span>

राजघाट पौष २८ गते ।
मोरङको राजघाटस्थित दुर्गापुरी बजारमा सडक बत्ति जडान गरिएको छ । दुर्गापुरी उज्यालो समितीले बजार क्षेत्रमा ३० बटा सडक बत्ति जडान गरेको हो । बजार क्षेत्रभित्र हुने दुर्घटना चोरी लगायतका घटना न्यूनिकरण गर्न र आवातजावतमा यात्रुहरुलाई सहजता होश भन्ने उदेश्यले बत्ति जडान गरिएको समितीका संयोजक हेमराज गुरुङले बताएका छन् । बजारमा बत्ति जडान गर्न देशविदेशबाट रकम सहयोग भएको र उक्त सहयोगबाट बत्ति जडान गरिएको गुरुङले जानकारी दिएका छन् । सकड बत्ति जडानका लागि २ लाख भन्दा बढी रकम सहयोग भएको दुर्गापुरी उज्यालो समितीका सचिब अनिल खनालले जानकारी दिए । उनका अनुसार बजारलाई उज्यालो बनाउनका लागि लाडसेडिङ भएको समयमा पनि बत्ति बालिनेछ । जसको लागि लोडसेडिङको समयमा अटोमेटिक रुपमा इन्र्भटरबाट बत्ति बल्नेछ । बत्ति बालिएको पैसा तिर्नका लागि समितीले मिटरबक्स पनि राखेको छ । हामीले बत्तिको पैसा तिरेरे नै दुर्गापुरीलाई उज्यालो बनाउन लागेका हौं,समितीका सचिब खनालले भने,जसको लागि नब श्री साकोसमाख रकम जम्मा गरिएको छ । उक्त रकमबाट हामी महषुल तिर्नेछौ ।
समितीले केहि समयभित्र सहयोगी दाताहरुलाई आभार प्रकट गर्दै आय—ब्यय प्रस्तुत गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्