विराटनगर । नेपालमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आज आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ।