उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई बिकेभिएमले सम्मानित गर्‍यो

<span class='c1'>उत्कृष्ट नतिजा ल्याउन सफल</span> <span class='c2'>विद्यार्थीलाई बिकेभिएमले सम्मानित गर्‍यो</span>

विराटनगर । बाल कल्याण विद्यामन्दिर (बिकेभिएम) ले आइतबार एक कार्यक्रम गरी विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ।

मेडिकलतर्फको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी क्रमश एलिसा निरौला, एरोन न्यौपाने र क्षितिज पराजुलीलाई सम्मान गरेको हो।

त्यसैगरी, इन्जिनियरिङतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी क्रमश अभियान निरौला, आशिष खड्का, निशान सुवेदी (के.यु. टपर), लिसान्त कार्की, इशा भट्टराई, बंगलादेशमा इन्जिनियरिङमा नाम निकालेकी रक्षा मेहता, टियुको बीबीए तथा बिपिएमा नाम निकाल्न सफल सुशोभन सुवेदी (बिपिएमा टियु टपर), आरजु भट्टराई, प्रभा बराल, सेजल शाह, आयुष्मान खड्कालगायतलाई कार्यक्रममा प्रिन्सिपल रविनकुमार दाहाल एवं भाइस प्रिन्सिपल अञ्जली दाहालले सम्मान गरेका थिए।

बिपिएको प्रवेश परीक्षामा टियु टप गरेका सुशोभन सुवेदीले आफू प्रशासनिक क्षेत्रतर्फ गई सिडिओ बन्ने इच्छा राखेकाले जनप्रशासनको अध्ययन सुरु गरेको बताए।

उक्त कार्यक्रममा प्रिन्सिपल दाहाल तथा प्रा डा इन्दुशेखर झाले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै कक्षा १२ मा अध्ययनरत सफलताका विद्यार्थीहरुलाई लागि प्रेरित समेत गरेका थिए।

कक्षा १० सम्म उत्कृष्ट नतिजा हासिल गर्न सफल बिकेभिएम स्कुलले कक्षा १२ मा समेत आफ्नो अब्बलपनलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तरमा उत्कृष्टता हासिल गरेको छ।

साभार :देश सञ्चार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्