विराटनगर । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले महानगरपालिका र उपमहागरपालिको चुनावी तालमेल केन्द्रबाटै टुंगो लाग्ने सहमति गठबन्धन दलहरुबिच भएको बताएका छन् ।
काँग्रेसले एकल उम्मेदवार सिफारिस गरिरहेको बेला नेता खनालले सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरको चुनावी तालमेलको निर्णय केन्द्रबाटै हुने बताएका हुन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालबाट यस्तो जानकारी आएको हो । उनले गठबन्धनमा रहेका दलहरुको शीर्ष बैठकले महानगर र उपमहानगरको तालमेलबारे निर्णय गर्ने सहमति गठबन्धनमा भइसकेको जानकारी दिए । एक महानगर र एक उपमहानगरमा आफ्नो पार्टीको दाबी रहेको बताउँदै उनले त्यसमा सहमति हुने विश्वास व्यक्त गरे । महानगर र उपमहानगरको चुनावी तालमेल भने तल्लो तहकै सहमतिका आधारमा हुने जानकारी दिँदै खनालले तालमेलको मोडालिटी भने केन्द्रले तय गर्ने बताए । केन्द्रले तालमेल कसरी गर्ने भन्नेबारेमा टुंगो लगाएपछि त्यसै अनुसार गठबन्धनको प्रदेश, जिल्ला र पालिकास्तरीय संयन्त्रले निर्णय गर्ने उनको भनाई छ ।
तोकिएकै समयमा निर्वाचन हुने बताउँदै खनालले मुलुक चुनावमा होमिएकोले अहिले आशंका गर्नुपर्ने अवस्था नरहेको बताए ।