विवाह गर्न भनी केटी हेर्न आएका युबकबाटै युवती बलात्कृत

<span class='c1'>विवाह गर्न भनी केटी हेर्न</span> <span class='c2'>आएका युबकबाटै युवती बलात्कृत</span>

पाँचथर, माघ ५ ,

विवाह गर्न भनी केटी हेर्न आएका एक युवकबाटै पाँचथरमा एक युवती बलात्कृत भएकी छन् ।

पाँचथरको पंचमी गाविस ४ की एक युवतीलाई मोरङ जिल्लाको सिजुवा गाविस ३ बस्ने हेमराज अधिकारीले विवाहको कुरा गर्नु छ भन्दै सोही गाविस स्थित नर वहादुर योङहाङको घरमा बोलाउन लगाई घर धनि र अन्य दुई जनाको सहयोगमा बलात्कार गरेको पिडितले उजुरी दिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा दिएको उजुरीमा पिडित युवतीले पौष २४ गते दिउँसो १ बजे नर बहादुरले आफूलाई केटा हेर्न आएको छ भनि बोलाएको र एउटै कोठामा केटा र केटीलाई राखेर बाहिरबाट चुकुल लगाई दिएपछि ती युवकले उनीमाथी जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन्।

उजुरीमा उनले कोठामा चुकुल लगाउने कार्यमा पाँचथर पंचमी ३ बस्ने बिजय योङहाङ र बिक्रम योङहाङको पनि सहयोग रहेको बताएकी छन्।

मुख्य प्रतिवादी हेम बहादुर र सहयोगी नरबहादुरलाई जबरजस्ती करणी अन्तरगत म्याद थप गरी अनुसन्धान शुरु गरिएको तथा अर्का दुई जना आरोपित फरार रहेकाले खोजतलाश भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्