सत्यस्वरूप रमपमको ब्रान्ड एम्ब्यास्डर

<span class='c1'>सत्यस्वरूप रमपमको</span> <span class='c2'>ब्रान्ड एम्ब्यास्डर</span>

रमपम तयारी चाउचाउले भजन सिरोमणि, भक्त राज आचार्यका छोरा, लोकप्रिय गायकद्वय “सत्य राज आचार्य र स्वरुप राज आचार्य” लाई रमपमको ब्राण्ड एम्ब्यास्डरको रुपमा आवद्ध गरेको छ । विगत केही वर्षहरुदेखि सत्य र स्वरुपले आफ्नो बुवाको नामलाई अगाडि बढाउनुका साथै नेपाली सांगीतिक क्षेत्रमा पनि आप्mनो ब्यग्लै पहिचान बनाउन सफल भएका छन् । नेपाली आधुनिक संगीत क्षेत्रमा एउटा नयाँ आयाम भर्दै आफ्नो पृथक गायन शैली र कर्णप्रिय स्वरका कारण दुवैले श्रोताहरुलाई मन्त्रमुग्ध परेका छन् र आगामी दिनहरुलाई यस यात्रालाई अझै सुमधूर बनाउने लक्ष्य बोकेका छन् ।
असंख्य नेपाली स्रोताहरुको मन जित्न सफल यी गायकद्वयलाई दर्शकहरुले रमपमको आउँदो ग्राहक योजनामा चाँडै हेर्न पाउने छन् । दुई दाजु–भाइ बिचको रमाइलो ख्याल–ठट्टाले यस योजनालाई अझ रोचक बनाउने कुरा एशियन थाई पूmड्सले जनाएको छ ।
 ‘विगत लामो समयदेखि उच्च गुणस्तर कायम गरेर विभिन्न विधिगत अनुसन्धान प्रक्रिया सफलतापूर्वक पार गरेर रमपम तयारी चाउचाउले एच्.ए.सि.सि.पि. सर्टिफिकेट प्राप्त गरेको छ’, एसियन थाई फुड्सद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘असंख्य नेपाली ग्राहकहरुलाई मीठो स्वाद र समय–समयमा आउने आकर्षक एवं पृथक ग्राहक योजनाहरुले गर्दा नै रमपम तयारी चाउचाउले गौरवमय दश वर्ष पूरा गरेको हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्