चन्द्र पौडेल
सबै नागरिकहरुले सम्मानपुर्वक बाँच्नपाउनु पर्दछ । सबै नागरिकहरुले मानवअधिकार,नागरिक अधिकार,उपभोग गर्न पाउनु पर्दछ । नागरिक स्वतन्त्रताप्रत्येक नागरिकको लोकतान्त्रीकअधिकार हो । घर, समाज, राष्ट्रमा शान्ति सुव्यवस्था कायम भयो भने नागरिकले पनि आफ्नो अधिकारको उपयोग गर्न पाउ“छन, अनि समाज र देश पनि सुदृढ र बलियो हुन जान्छ । यो नै सबै कामना र चाहना हो ।
हो हरेक दिन महिला हिंसा र बलात्कार पछि हत्याका गरिएका घटनाहरु विभिन्न सामाजिक सञ्जाल लगायत समाचारहरुमा सुन्दै र पढ्दै आएका छौं । नेपाली समाज भित्र नारीहरुप्रतिको दृष्टिकोण कति दर्दनाक बन्दै गएको छ । कस्तो समाज हो यो ? हाम्रो समाज कतातिर जाँदैछ ? हाम्रो समाजमा सोच र परिवेशमाकहिले परिवर्तन आउ“ला ?कहिले स्वतन्त्रता र सुरक्षाको प्रत्याभुति पाउने नारीले ? हरेक क्षेत्रमा समान अवसर र दायित्व बराबर रुपमा कहिले पाउने ? यस्ता कयौं प्रश्न र चुनौतिहरु महिलाहरुले प्रत्यक्ष रुपमा सामना गर्नुपरेको छ र लड्नु परेको छ । साना–साना छोरीहरु मात्र हैन् यहाँ आमा देखि हजुरआमा समानका नारीहरु बलात्कृत र असुरक्षित रहेको समाचारहरु पनि दिनानुदिन बढदै गएको छ । विविधतामा एकता नै समाजको परिभाषा हो । संसारमा रामराज्य कतै छैन् । अभाव, प्रभाव, अशिक्षा, संस्कार, सामाजिक वातावरण, नकारात्मक सोच, लोभ लालच, राजनीतिक स्वार्थ, व्यक्तिका नीहित स्वार्थ र छिट्टै धनीहुने होडबाजी आदिका कारण यस्ता अनेक खाले आपराधिक घटनाहरु घटिरहेका छन् भन्दा फरक नपर्ला । जातपात र दाइजो पनि प्रमुख कारण हुन महिला हिंसा बढ्नुका । मानसिक र शारीरिक हिंसामा कयांै महिला दिदिबहिनीहरुले पारिवारिक, सामाजिक थिचोमिचो असह्र पीडा झेलेर अति नै आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यस्ता आपराधिक घटनाले प्रत्यक्ष रुपमा व्यक्ति र परिवारमा हानी, नोक्सानी र क्षति भएपनि समग्रमा समाज र सिंगो राज्यलाई नै प्रभावित परिरहेको हुन्छ । आपराधिक घटनाले आपराधिक मनोवृति भएका व्यतिmहरुलाई क्षणीक आन्नद, सन्तुष्टि मिले पनि अनन्त अपराधले कसैको भलो गदैन् ।
नागरिकको सुरक्षा गर्न, आपराधिक घटनालाई रोकथाम गर्न, अपराध पीडितलाई न्याय र पीडकलाई सजाय दिलाई समाजमा शान्ति,सुव्यवस्था कायम गर्नका लागि राज्यले कानुन निर्माण नगरेको नि हैन् तर फितलो राज्यव्यवस्था, नातावाद, कृपावादको परिपाटीले सिंगो देश नै हिंसाको बाटो तिर तिव्र रुपमा लम्कदै छ । किन अपाराधिक घटना पुनरावृति र वृद्धि भइरहेका छ ? यस्ता यक्ष प्रश्न जनजनमा उब्जिरहेको छ । कानुनले यौन अपराधलाई जघन्य अपराधको रुपमा परिभाषित गरेको छ । अधिकतम सजायको व्यवस्था पनि गरेको छ तर पनि यौन हिंसाका घटनाहरु दिनानु दिन झनझन बढ्दो क्रममा छ । दाइजो नल्याएको, आफु अनुकुलको व्यवहार नगरेको, आफनो चित्तनबुझेको लगायतका विविध कारणले १० वर्षसम्म लभ गरेर सात जन्म सम्म संगै बा“च्ने संगै मर्ने कसम खाएका पुरुषहरुले समेत त्यहि श्रीमतीमाथिको रिस मेट्न हत्या गर्ने र आफ्नो यौनतृष्णा मेटाउनका लागि कयौ वैवाहिक तथा अवैवाहिक नाताको आश्वासन देखाएर बलात्कार गरिरहेका हुन्छन् ।
पारिवारिक सम्बन्ध,सामाजिक मान्यता र आफ्नो सन्तानको भविष्यलाई हेरि त्यस प्रकारका हजारौं वैवाहिक बलात्कारका घटनाहरु सार्वजनिक हुन सकेका छैनन् । त्यसै गरि अबोध बालिकाहरु जो आफ्नै अभिभावक र संरक्षक बाट प्रताडीत छन । तिनले आफ्नै अभिभावक र संरक्षकको विरुद्धमा बोल्न सक्ने स्वतन्त्रता र संरक्षित परिस्थितिको सिर्जना नै हुन सकेको छैन् । जसका कारण बालिका यौन हिंसाको अधिकाश घटनाहरु अझै प्राविधिक कारणले बाहिर आउन सकेका छैनन् । कयौं अपराधका घटनाहरु त माया–प्रेमका कारण, विवाह गर्ने आश्वासनका कारण पनि भइरहेका छन् । विवाह गर्ने प्रलोभन, आश्वासन र अनुचित प्रभावमा परि शारीरिक सम्बन्ध कायम गरिसकेपछि विवाह गर्न नै इन्कार गर्ने वा विवाह नगर्न विविध कारण, बाहना देखाउने गरेको पनि समाजमा प्रशस्तै उदाहरणहरु रहेका छन् । यौन अपराधको घटना घटाइसके पछि पीडितले घटनाको बारेमा जानकारी गराउने भएका कारण र आफु अपराधबाट बच्नका निम्ती पीडकले हत्या नै गर्ने प्रचलन समेत बसिसकेको छ ।
उदयपुरकी १७ वर्षीय नाबालिका कबिता सुनारको हत्या यसकै कारण हो । यस्ता यावत हिंसात्मक घटनाहरुलाई रोकथाम वा निर्मुल पार्न सर्वप्रथमतः बालबालिका तथा महिलाहरुलाई यौन शिक्षा र यौनजन्य अपराधको बारेमा विधालय, क्याम्पस, टोल, समुहमा जनचेतनामुलक कार्यक्रमको आवश्यकता छ साथै अपराध, सजाय, न्याय र सुरक्षाको बारेमा ज्ञात हुनाले यौन हिंसा र यौन दुव्यवहारमा परेका खण्डमा खुलेर विरोध र उजुरी गर्न सक्नेछन् र यौन अपराधिहरुकको मनोबल गिर्नेछ । सामान्यता यस्ता घटनाहरु अशिक्षा, वेरोजगार, मादक तथा नशालु पदार्थ सेवनका कारण पनि हुने गर्छन् । तथापी आर्थिक रुपले सम्पन्न, रोजगारमा लागेका, पढेलेखेका व्यक्ति पनि यस प्रकारका अपराधमा संलग्न रहेका हुन्छन् ।
यस्ता सामाजिक विकृतिहरु समाजको सहयोग बिना अपराधको अनुसन्धान हुन सक्दैन् । हाम्रो समाज राजनीतिक, आर्थिक, धार्मिक, सास्कृतिक, पारीवारिक, वर्ग र क्षेत्रको आधारमा विभक्त छ । कुनै आपराधिक घटना घटेको अवस्थामा उल्लेखित आधारमा मानिसहरु पक्ष र विपक्षमा खुलेर नै लाग्ने गर्छन् । जस्का कारण घटनाको वास्तविकता उजागर हुन सक्दैन् र दोषी उन्मुक्ति पाउने सम्भावना बढी हुन्छ ।
अन्तमाः सम्पुर्ण बालबालिका तथा महिलावर्गहरुले आफ्नो हकअधिकार प्रति सजग र सचेत हुनै पर्छ । आफु माथि हिंसा गर्ने जोकोही को पनि समयमा नै प्रतिकार र विरोध गर्न सक्नु पर्छ । “नारीहरुको स्वतन्त्रता र समानअधिकारका लागि बहस र आवाज उठाउने गरौं, कानुनी सल्लाह लिऔं, दिउ“ जताततै कडाईका साथ सुनवाई होस् । पीडितले न्याय पाओस् र पीडक उम्कन नपाओस् । कानुन, विधान, संविधान र नीति नियम कागजमा मात्र सिमित नहोस् ।
यो एक्काइसौ शताब्दीको समय र समाजमा मानव भन्न पनि लाजलाग्ने गरी नेपाली समाज कता जाँदैछ र हाम्रा छोरी चेली कहिले सुरक्षित हुन्छन् ? घरबाट बाहिर निस्कन नहुने जंगलीयुगको वास्तविक यथार्थ आजको समाजमा सुहाउने कुरा हुँदै होइन । त्यसैले परिवर्तन जरुरी छ । सोच बदलौं, समाज बदलिन्छ ।