गणित ओलम्पियाडमा झापाबाट ६ विद्यार्थी ब्राजिल जाने

<span class='c1'>गणित ओलम्पियाडमा झापाबाट ६</span> <span class='c2'>विद्यार्थी ब्राजिल जाने</span>

 

 

काँकडभिट्टा , ७ माघ ।

सन् २०१७ मा ब्राजिलमा हुने अन्तर्राष्ट्रिय गणित ओलम्पियाड मा भाग लिने नेपाली प्रतिनिधि छनोटका लागि झापाबाट ६ जना विद्यार्थी छानिएका छन् ।

झापाको विर्तामोडस्थित कञ्चनजङ्घा उच्च माविमा भएको जिल्लास्तरीय प्रतिस्पर्धाबाट विजय बुढाथोकी प्रथम, जेसिज ओझा दोस्रो, उज्ज्वल पौडेल तेस्रो, मयङ्क अग्रवाल चौथा, शिव चौधरी पाँचौं र आरजु अधिकारी छैटौ भएका हुन् ।

यी उत्कृष्ट ६ जनाले काठमाडौँमा हुने राष्ट्रिय छनोटमा भाग लिन पाउने भएका छन् भने राष्ट्रिय प्रतियोगिताबाट छानिने पाँच जनाले ब्राजिलमा भाग लिन जान पाउनेछन् ।

जिल्लास्तरीय छनोटमा ६३ विद्यालयका १५४ जनाले भाग लिएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्