विराटनगर । नेकपा एमाले मोरङले जिल्लाका १७ मध्ये १६ वटा पालिकाको उमदेवार टुङ्गो लगाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बैशाख ११ र १२ (आज र भोली) मनोनयन हुँदैछ । त्यसका लागि एमाले केन्द्रले टुङ्ग्याउनु पर्ने विराटनगर महानगरपालिका बाहेक १६ पालिकाको उमेदवार टुङ्गो लगाएको हो ।
मोरङको मिक्लाजुङको अध्यक्षमा नरेन्द्रप्रसाद ढुङ्गेल र उपाध्यक्षमा निर्मला राईलाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ । उर्लाबारी नगरपालिकाको प्रमुखमा गंगा खरेल र उपप्रमुखमा मीना पौडेल बन्नेछन् ।
रतुवामाई नगरपालिकाको प्रमुखको उम्मेदवार दुर्गा बिष्टलाई बनाईएको छ भने उपप्रमुखमा दयन्ता चुँडाललाई नै उम्मेदवार बनाईएको छ ।
सुनवर्षी नगरपालिकाको श्याम राजवंशी र मिरा दास क्रमश प्रमुख र उपप्रमुखको उम्मेदवार बन्नेछन् । पथरीशनिश्चरे नगरपालिकाको प्रमुखमा मोहन तुम्वापो र उपप्रमुखमा देवीमाया काफ्लेलाई निर्णय गरिएको छ ।
कानेपोखरीको अध्यक्षमा राजमती ईङ्नाम र उपप्रमुखमा भोला अधिकारीलाई उम्मेदवार बनाईएको छ । यस्तै लेटाङको प्रमुखमा भुपेन्द्र लावती र उपप्रमुखमा कृष्णकुमारी निरौलाले टिकट दिइएको छ । केराबारी गाउँपालिकाको अध्यक्षको सुमन मिरिङ्चिङ र उपाध्यक्षको उम्मेदवार मनमाया मगर हुनेछिन् ।
सुन्दरहरैचाको प्रमुखमा केदार गुरागाँई र उपप्रमुखमा अकली चौधरी उम्मेद्वार बनाएको एमालेले ग्रामथानमा शिवनारायण माझी र गुणावती धामीलाई नै दोहोर्याएको छ । बुढिगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा कुवंर बिष्ट उम्मेदवार हुनेछन् । कटहरीमा सुवास सरदार र सीता राजवंशी क्रमश अध्यक्ष र उपाध्यक्षको उम्मेदवार हुनेछन् ।
यस्तै जहदा गाउपालिकामा भने अध्यक्ष उपाध्यक्ष दुबै महिला उम्मेदवार हुने भएकाछन् । अध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेन उम्मेदवार हुनेछन् । धनपालथानमा मुसहरु मण्डल र उपासीदेवी राजवंशीलाई उम्मेदवार बनाएको एमालेले रंगेलीको प्रमुखमा दिलिप बगडीया र उपप्रमुखमा भुमा पराजुली निरौलालाई उठाउने निर्णय गरेको छ ।
बेलबारी नगरपालिकाको प्रमुखमा भने डीपी राई र ज्ञानेन्द्र सुवेदी मध्ये एक चयन हुन बाँकी राखिएको छ । उपप्रमुखमा गंगा श्रेष्ठ उम्मेदवार छिन् ।