घरमा श्रीमती राखेर फेरी अर्काे विवाह गर्ने पक्राउ

<span class='c1'>घरमा श्रीमती राखेर फेरी</span> <span class='c2'>अर्काे विवाह गर्ने पक्राउ</span>

घरमा जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर चिलिङदिन–३ बस्ने २७ वर्षीय बुद्धिमान राई रहेका छन् । उनले घरमा जेठी श्रीमती हुँदाहुँदै लुङरुपा–६ बस्ने २२ वर्षीया पूजा फागोलाई दोस्रो विवाह गरेका थिए । फागोले दोस्रो विवाह गरेपछि जेठी श्रीमती दिलकुमारी नेम्बाङले बहुविवाहअन्तर्गत जाहेरी दिएकी थिइन । राईलाई पक्राउ गरी बहुविवाह ऐनअन्तर्गत जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ । उनकी कान्छी श्रीमती पूजा फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरी निरीक्षक रीपेन्द्रकुमार सिंहले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्